सामुहिक बलात्कारमा परेँ भन्दै झुटो विवरण दिने युवति पक्राउ
2021/01/16, 4:48
 
a

सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ परेकी छिन । २८ पुसमा ओखलढुंगा घर बताउने अन्दाजी १७ वर्षीया युवतीले आफूलाई २५ पुसमा ५ जनाले चन्द्रनिगाहपुरको २ तल्ले पक्की घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोप लगाउँदै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जाहेरी दिएकी थिइन् । ति युवतीले ओखलढुंगाबाट काठमाडौं जाने क्रममा खुर्कोटमा गाडी बिग्रिएपछि बाटोमा बसिरहेको अवस्थामा सिन्धुली खुर्कोटबाट अपहरण गरी ल्याएर आफूलाई सामूहिक बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

युवती प्रहरीको सम्पर्कमा आएपछि प्रहरीले भाउजु नाता पर्ने मेनुका परियार र साथी कल्पना भुजुलाई सम्पर्क गरेर जाहेरी लिई पीडितको तर्फबाट कागजसमेत गराई प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलमा अध्ययन गर्दा पनि घटनाको वास्तविकता पत्ता लगाउन सकेन । त्यसपछि प्रहरीले पीडित भनिएकी युवतीले भनेको नाम भएका व्यक्तिहरुको फोटो फेसबुकबाट खोजी गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ती युवतीले सनाखत गरेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी उनीहरुको मोवाइल फोनको लोकेसन हेर्दा घटना भएको दिन उनीहरु सिन्धुली–खुर्कोट, चन्द्रनिगाहपुर नगएको देखिएपछि प्रहरीलाई युवती माथीनै शंका लाग्यो र अर्को पाटोबाट पनि अनुसन्धान अगाडि बढायो । अनुसन्धानको क्रममा प्रहरीले पीडित भनिएकी युवतीको बुवा जिवितै रहेको र एक बर्षदेखि काठमाडौं सुन्दरीजलमा दिदीसँग बस्दै आएको पत्ता लगायो । ती युवती काठमाडौंबाट भाउजुसंग घुम्न ईलाम जान्छु भनि हिडेकी खुल्न आएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रहरीले शंकाको आधारमा पीडित भनिएका महिलाहरुलाई अनुसन्धानात्मक सोधपुछ गर्दा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर २ स्थायी घर भई काठमाडौँ बानेश्वरमा मेनपावर कम्पनी सञ्चालन गरेर बस्ने उनीहरुकै चिनजानका गजेन्द्र भन्ने राम विश्वास साह कानुको योजनामा गरुडा निवासी राम निवास साह कानुलाई फसाउन सोे नाटक गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आयो ।  राजधानीबाट