डडेल्धुराका ५ व्यापारीविरुद्ध मुद्धा दर्ता
2021/01/22, 12:10
 
dd

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराले ५ जना व्यापारीविरुद्ध डडेल्धुरा जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ । नागरिकको स्वास्थ्यमा असर पार्ने खालमा खाद्य पदार्थ बिक्री गरेको भन्दै उनीहरूविरुद्ध मुद्धा दर्ता गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराका प्रमुख गणेशदत्त जोशीले खाद्य ऐन, २०२३ अनुसार मुद्दा दायर गरेको जानकारी दिए।

अमरगढी नगरपालिका–५ बागबजारस्थित निर्मला खुद्रा किराना पसललाई न्युनगुणस्तरिय चनाको दाल बिक्री वितरण गरेको अभियोग र अमरगढी–५ बागबजारकै मदन प्रकाश किराना पसललाई न्यून गुणस्तरीय गहत गेडा बिक्री वितरण गरेको अभियोगमा मुद्धा दायर गरिएको छ।

यस्तै अमरगढी–५ बगरकोट रोडस्थित भागेश्वर स्टोरलाई न्यूनगुणस्तरिय खाद्य पदार्थ धनिया गेडा बिक्री वितरण गरेको अभियोगमा, अमरगढी–४, खलंगास्थित रावल किराना पसललाई न्यूनगुणस्तरिय खाद्य पदार्थ चामल बिक्री र अमरगढी–५ बागबजारस्थित ओम बाबा स्टोरलाई न्यून गुणस्तरीय खाद्य पदार्थ मटर गेडा बिक्री वितरण गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरिएको प्रमुख जोशीले जानकारी दिए ।