सुदुरपश्चिम मोबाईल व्यवसायी संघ गठन
2021/01/31, 12:10
 
mobile

मोबाईल व्यवसायीहरुको हक अधिकारका लागि सुदुरपश्चिममा पहिलो पटक मोबाईल व्यवसायी संघ गठन भएको छ । 
सुरेश सापकोटाको अध्यक्षामा १७ सदस्य समिती गठन भएको छ ।

3

संघको उपाध्यक्षमा तोहित सिद्धिक, वरिष्ठ उपाध्यक्षमा हिमाल लम्साल, महासचिवमा सुभास बम, सचिवमा सन्तोष मण्डल, सहसचिवमा सन्तोष बोहोरा, कोषाध्यक्षमा सरताज आलम, सहकोषाध्यक्षमा मनोज खड्का चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सन्तोष कुस्मी, दिपकराज भट्ट, दिपक अग्रवाल, निरज भट्ट, उमेश भट्ट, रङमान रावल, द्रोण रावल रहेका छन ।

संघको सल्लाहकारमा संयोजकमा मोविन अहमद र सदस्यहरुमा सोनी आलम, सुरत साही, विशाल धामी, सुरेस पाठक र प्रवक्तामा गोविन्द मुखिया, मिडिया सयोजकमा उमेश बडु चयन भएका छन । 

3

कर चुक्ता, कारोवार र अवसरका दृष्टिकोणले मोबाईल व्यवसाय अग्रणी भए पनि मोबाइल व्यवसायी एकजुट हुन नसकेर विभिन्न चुनौतीहरु सामना गर्नुपर्ने र अवसरबाट बन्चित हुनुपर्ने अवस्था रहेकोले उनीहरु छाता संगठनमा आबद्ध भएका हुन् । संघलाई सुदुरपश्चिम भरी विस्तार गर्ने योजना बनाईएको छ ।