प्रदेश सरकारले चार महिना बित्दा पनि शिविरको रकम भुक्तानी गरेन
2021/02/05, 7:44
 
sima

गत कार्तिकमा बझाङको दुर्गम साइपाल गाउपालिकामा सम्पन्न भएको बहुचर्चित आँखा शिविरको रकम चार महिना सम्म पनि भुक्तानी नहुदा समस्या भएको छ ।

सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले लामो समय सम्म रकम भुक्तानी नदिदा हेलिकप्टरको भाडा लगायत अन्य व्यवस्थापनमा भएको खर्चको उधारो तिर्न समस्या परेको जिल्ला अस्पताल बझाङले जानकारी दिएको छ । 

क्षेत्रफलका हिसाबले नेपालकै ठुलो र दुर्गम साइपाल गाउ“पालिकाका स्थानियहरु बर्षाैं देखी अन्धोपनको समस्यामा कहालिलाग्दो जिवन बाचिरहेको बारे खवर प्रकाशित भएपछि सुदुरपश्चिम सरकारले त्यहा एकिकृत शिविर संञ्चालनको लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो । 

जिल्ला अस्पताल बझाङलाई शिविर व्यवस्थापनको जिम्मेवारी दिएर कार्तिक १ गते देखी ३ गतेसम्म संञ्चालन भएको शिविरमा झण्डै ५० लाख हाराहारी रकम खर्च भएको थियो । यो मध्ये सामाजिक विकास मन्त्रालयले तिर्नु पर्ने १५ लाख रकम नदिदा हेलिकप्टर कम्पनी र अन्य व्यवस्थापनको  उधारो तिर्न समस्या भएको हो । 

‘चार पटक पत्र लिएर म आफै मन्त्रालय धाए“ । एक पटक अस्पताल विकास समितिका अध्यक्षलाई समेत लिएर पत्र सहित पुगिसके’ जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले भने ‘सबै गरेर सात पटक भुक्तानीका लागि पत्र लेखिसक्यौं । दिनहु जसो फोन गरिरहेका छौं तर भुक्तानी दिने छाटकाट छैन । यता उधारो माग्नेले फोन गरेर हैरान वनाएका छन । साह्रै तनाव भयो’ उनले उधारो तिर्न बा“की रहेकाहरुको दैनिक फोन गरेर तनाव दिन थालेकाले आफुहरुले नियमित गर्नु पर्ने काम पनि प्रभावित हुन थालेको भए पनि मन्त्रालयका कर्मचारीले विभिन्न वहाना गरेर भुक्तानी दिन आलटाल गरिरहेको बताए । 

‘मैले पनि मन्त्रालयको सचिव ज्यूलाई चार पटक भन्दा बढी पाच पटक भन्दा बढी यो विषयमा अनुरोध गसिकेको छु’  शिविर संञ्चालनको सक्रियतापुर्वक समन्वयकारी भुमिका खेलेका बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने ‘उहाले पनि दिन्नौं त भन्नु भएको छैन । अर्थ मन्त्रालयबाट निकासा भएको छैन भन्नुहुन्छ । यता समस्या भैसक्यो’ उनले उधारो तिर्नु पर्ने पक्षले रकम छिटो भुक्तानी गर्ने वातावरण बनाईदिन दैनिक जसो अनुरोध गर्ने गरेको बताए ।

शिविर सञ्चालनका लागि सिम्रीक एयरको हेलिकप्टर प्रयोग गरिएको थियो । हेलिकप्टरले जनप्रतिनिधी, स्वास्थ्यकर्मी र औसधी उपकरण ओसार्नका लागि सदरमुकाम चैनपुरवाट साइपाल गाउपालिकामा ३६ पटक उडान गरेको थियो ।  

यता सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रघुराम विस्टले मन्त्रालयमा रकम नभएका कारण भुक्तानीमा ढिलाई भैरहेको बताए । ‘त्यति वेला रकमको जोहो नगरेरै हतारमा ठुलो योजना बनाउदा समस्या भएको हो’ उनले भने ‘म यो विषयमा चिन्तित छु । केही समय लाग्न सक्छ, रकम भुक्तानी हुन्छ’ उनले कहिले सम्म रकम निकासा हुन्छ भनेर एकिन गर्न नसकिने बताए । 

सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृण्ण सुवेदीले पनि २५ लाख मध्ये १० लाख पठाई सकेको र अर्थ मन्त्री नभएको कारण बाकी रकम पठाउन ढिलो भएको हुन सक्ने बताए । ‘अर्थ मन्त्री नभएका कारण ढिलो भएको हो । मैले त सचिवलाई यो रकम चाडो पठाईदिनु होला भनेको हु । केही दिनमै निकासा होला’

यो शिविरवाट डाक्टरको अनुहार समेत देख्न नपाएका साइपालका ६ सय ४३ जनाले आ“खाको शल्यक्रिया सहितको उपचार पाएका थिए भने ८ सय ९१ जनाले बालरोग, स्त्रीरोग, दन्तरोग, महिला तथा पुरुष वन्ध्याकरण र जनरल डिजिज सम्बन्धी विषेशज्ञ सेवा घर दैलोमै प्राप्त गरेका थिए ।

शिविरमा तिलगंगा आ“खा प्रतिष्ठानकी निर्देशक डाक्टर रिता गुरुङको टोलीले आखाको शल्यक्रिया सहितको उपचार सेवा दिएको थियो । सेती प्रादेशिक अस्पतालबाट आएका विषेशज्ञ र जिल्ला अस्पताल बझाङका नौ जना विषेशज्ञ चिकित्सक, सहित ४० भन्दा बढी स्वास्थ्यकर्मीहरुको टोलीले भिडियो एक्सेर, रगत, दिशा, पिसाब, खकार लगायतको परिक्षण गर्ने प्रयोगशाला सहितको सेवा उपलब्ध गराएको थियो ।