धनगढीमा काइट एजुकेसन हबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरको तयारी कक्षा संचालनमा 
2025/06/15, 4:27
 
ss

काठमाडौंमा १२ वर्षदेखि सफलतापूर्वक सञ्चालनमा रहेको काइट एजुकेसन हबले अब आफ्नो सेवा सुदूरपश्चिममा पनि विस्तार गर्दै धनगढीमा मुख्य कार्यालय स्थापना गरेको छ। धनगढी मेनरोडस्थित मुख्यमन्त्री कार्यालयको ठीक अगाडि रहेको नवस्थापित कार्यालयको उद्घाटन अभिनेता पुष्प खड्काले एक भव्य समारोहबीच रिबन काटेर गरेका हुन् ।

उद्घाटन कार्यक्रममा शिक्षा तथा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए। अभिनेता खड्काले उद्घाटन समारोहमा काइट एजुकेसन हबको सफलताको शुभकामना दिँदै यसले सुदूरपश्चिमका युवाहरूलाई विदेश अध्ययनको मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे। संस्थाका सञ्चालक हेमराज साउदले आफू सुदूरपश्चिमकै स्थानीय भएकाले यहाँका युवालाई गुणस्तरीय शैक्षिक सेवा उपलब्ध गराउने उद्देश्यले धनगढीमा कार्यालय स्थापना गरिएको जानकारी दिए। उनले शैक्षिक क्षेत्रमा अहिले प्रतिस्पर्धात्मक बजार भएकाले हामीले सेवा र दृष्टिकोणमा फरक बनाउन चाहेको बताए । हामी सफल हुनेमा पूर्ण विश्वास लिएको उनको भनाई छ ।

काइट एजुकेसन हबबाट अब जापानी र कोरियन भाषा कक्षा, साथै पिटिई,आएल्सजस्ता अन्तर्राष्ट्रिय परीक्षा तयारी कक्षाहरू सञ्चालन गरिनेछ। यहाँ अध्यापन गर्ने प्रशिक्षकहरूमा कोरिया लगायत विभिन्न देशमा बसेर अनुभव हासिल गरेका व्यक्ति रहनेछन्। संस्थाले युरोप, युके, जापान लगायत देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवश्यक तयारी तथा परामर्श सेवा दिने जनाएको छ। साउदका अनुसार, धनगढी कार्यालयमार्फत अब सुदूरपश्चिमका विद्यार्थीहरूलाई राजधानी जानु नपरी स्थानीय स्तरमै उच्चस्तरको शैक्षिक सेवा प्राप्त हुने व्यवस्था मिलाइएको छ। उद्घाटन समारोहमा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। काइट एजुकेसन हबको यो पहलले सुदूरपश्चिममा विदेशी भाषा तथा अध्ययन तयारीमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।