सात दिनसम्म अस्पतालमै शवः हत्यारा पक्राउ नपरेसम्म शव नउठाउने आफन्तको अडान
2021/02/10, 11:54

बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव अझै अस्पतालमै राखीएको छ । उनका आफन्तले हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका छन् ।

सोमवार पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले भट्टको शव बुझ्न परिवारजनसंग आग्रह गरेको थियो । घट्नाको ७ दिन बित्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै मृतकका आफन्त जनले शव बुझ्न अस्वीकार गरे ।
मृतक भट्टका काका शिवराज भट्टले हत्यारा पक्राउ नपरेसम्म शव नउठाउने बताए । मृतक भागरथीको शव बैतडी अस्पतालको शव गृहमा राखिएको छ ।

सनातन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । बुधबार विद्यालय गएकी भारगरथीको बिहीबार साँझ गाउँ नजिकको वनमा शव फेला परेको थियो ।
2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/26, 12:50
2020/11/02, 7:36
2021/03/29, 3:06
2021/10/19, 8:24