फेसबुकमा ‘सुसाइड नोट’ लेख्दै सुशान्तसँग काम गरेका अभिनेता सन्दीपले गरे आत्महत्या
2021/02/16, 2:40
 
da

भारतीय अभिनेता सन्दीप नाहरले फेसबुकमा सुसाइन नाेट लेख्दै आत्महत्या गरेका छन् । अक्षय कुमारको केसरी, एमएस धोनी बायोपिक लगायतमा अभिनय गरेका नाहरले फेसबुकमा लामो स्ट्याटस लेखेको केही घण्टापछि आत्महत्या गरेका हुन् ।

क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनीमा आधारित चलचित्र ‘एमएस धोनी द अन्टोल्ड स्टोरी’ मा सन्दीपले सुशान्तसिंह राजपूतको साथीको भूमिका निभाएका थिए ।  यसको अलावा चलचित्र ‘केसरी’ मा अक्षय कुमारसँग बट्टा सिंहको भूमिकामा देखिएका थिए । त्यस्तै, उनले वेबसिरिज ‘कहने को हमसफर’ मा पनि काम गरेका थिए ।

घटनाको केही घण्टाअघि उनले आफ्नो फेसबुक पेजमा एक सुसाइड नोट पोष्ट गरेका थिए । जसमा उनले लेखेका थिए, ‘अब जिउने इच्छा नै छैन ।’

त्यसको साथै उनले फेसबुकमा १० मिनेटको भिडियो पोष्ट गरेका छन् जसमा उनले पारिवारिस समस्या र वैवाहिक जीवनसँग जोडिएका अप्ठ्याराको बारेमा बताएका छन् । भिडियोमा उनले भनेका छन्, ‘अवस्था यति खराब भइसकेको छ कि म सहन गर्न सकिरहेको छैन ।’