
बझाङमा चितुवाको १ थान छालासहित एक जना पक्राउ परेका छन् । बुङ्गल नगरपालिका-८ मसनिसेरा भन्ने स्थानबाट चितुवाको १ थान छाला सहित सोही नगरपालिका दासपाला बस्ने ४० वर्षीय रधुबीर बोहरालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ ।

चितुवाको छाला बोकी हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले उनलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/21, 12:06
2022/02/07, 1:50
2020/07/27, 8:47
2020/12/21, 12:04