
मार्मा गाउँपालिका २ घट्टेगारमा निर्माण भएको २४ किलोवाट क्षमताको लघु जलविद्युत आयोजनाको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष जमनसिह धामीले विद्युतको उद्घाटन गरेका हुन् ।

मार्मा गाउँपालिका वडा नम्बर २ र ४ का २३० घरधुरीलाई पुग्ने गरी विद्युत निर्माण गरिएको हो । विद्युतको काम भने अझै बाकी छ । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र गाउँपालिकाको सहयोगमा विद्युत निर्माण गरिएको हो । विद्यूत निर्माणको लागि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले कुल ६१ लख २० हजार रुपैयाँ सहयोग गरेको छ ।
आयोजना निर्माणको लागि कुल १ करोड १० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म गाउँपालिकाबाट ४ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ, निर्माण समितिका अध्यक्ष कृष्णसिह विष्टले भने, बाँकी रकम गाउँपालिकाले दिने प्रतिबद्धता जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/06, 11:26
2020/10/08, 2:16
2021/05/01, 10:33
2021/11/21, 1:13
2022/10/01, 2:07