
बित्थडचिर गाउँपालिकामा अवस्थित देवेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई निःशुल्क बेमौसमी तरकारी तालिम सञ्चालन गरेको छ । तरकारी खेतीमा विद्यार्थीलाई आर्षित गरी आत्मनिर्भर बनाउने ध्येयले सञ्चालित सो ६५ दिने तालिममा २० विद्यार्थी सहभागी रहेका नेपाल शिक्षक सङ्घ बित्थडचिरका सचिव सम्बोध मल्लले जानकारी दिए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सुदूरपश्चिमको कार्यालय धनगढीले तालिम सञ्चालनका लागि सहयोग गरेको थियो । तालिम शुभारम्भका अवसरमा गाउँपालिकाका अध्यक्ष प्रेम बोहारा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बोहराले विद्यार्थीलाई कृषिमा आकर्षित गराउन तालिम सञ्चालन गरिएको बताए । सोही विद्यालयमा तालिम परिषद्अन्तर्गत कृषि जेटिए पनि पढाइ हुने गर्छ ।

2025/05/09, 9:51
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/09, 2:22
2022/05/18, 11:23
2020/08/23, 7:51
2021/02/04, 12:23
2022/12/30, 12:28