कैलालीका सामुदायिक वनका अध्यक्ष र रेञ्जर विरुद्ध भ्रष्टाचार मुद्दा दायर
2021/03/23, 9:27

सव–डिभिजन वन कार्यालय तारानगर, कैलालीका रेन्जर (अधिकृत छैठौं) राम औतार चौधरी सहित एक सामुदायिक वनका अध्यक्ष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

चोरीको काठ सहित ट्रयाक्टर पक्राउ परेको मुद्दा मिलाइदिने भन्दै सामुदायिक वनका अध्यक्षलाई बिचौलियाको रुपमा प्रयोग गरेर ८० हजार रुपैयाँ घुस लिएको अभियोगमा चौधरी र अध्यक्षविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
रेञ्जर चौधरीलाई घुस बाफतको रकम दिलाउँन बिचौलियाको भूमिका निर्वाह गर्ने सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई अख्तियार महेन्द्रनगर कार्यालयबाट गएको टोलीले घुस रकम सहित नियन्त्रणमा लिएको थियो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15