
बझाङको तलकोट गाँउपालिका-१, चौडामा पानी ट्याङ्की फुट्दा २ जनाको मृत्यु भएको छ। ५२ वर्षीया गोकुल कुँवरको घटनास्थलमै र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचार क्रममा मृत्यु भएको हो।

घाइते भएकी सुन्दरीदेवी कुवँरको अमिसा हस्पिटल चैनपुरमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताए।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बनेको ट्यांकीमा पानी जम्मा गर्ने क्रममा फुटेको हो। परियोजना अन्तर्गत सेती नदीबाट लिफ्टिङ गरेर गाउँमा ल्याइएको थियो।

पानी ट्याङ्की चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो। मर्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासी फुटेर मानवीय हताहती भएको स्थानीय गोपाल कुवँरले बताए।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/21, 12:06
2022/02/07, 1:50
2020/07/27, 8:47
2020/12/21, 12:04