सुदुरपश्चिममा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीको सम्भावना 
2021/04/21, 10:34
 
mausam

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।

देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली र अन्य प्रदेशका भूभागहरुमा आशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ।

राती :  देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।