
बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार दिउँसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बझाङका निमित्त कार्यलय प्रमुख डाक्टर मिलन खड्काले बताए ।

संक्रमित व्यक्ति भारतबाट चैत्र २९ गते बझाङ (आफ्नोघर) आएका थिए । उनी स्वास्थ्यमा समस्या देखिएपछि बैशाख ६ गते जिल्ला अस्पतालमा चेकजाँच गराउन पुगेका थिए ।
कोभिड एन्टिजीन विधिबाट चेक गर्दा उनमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिरहेकाे स्वास्थ्य निमित प्रमुख डाक्टर खड्काले बताए ।

ती पुरुषको स्वास्थ्यमा थप समस्या भएपछि बिहीबार अस्पतालबाट सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । तर अस्पताल लादालाँदै उनको बाटोमै मृत्यु भएको छ । यो संगै बझाङमा कोरोनाबाट मर्नेको संख्या ४ पुगेको छ ।
2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/26, 12:50
2020/11/02, 7:36
2021/03/29, 3:06
2021/10/19, 8:24