डडेल्धुरामा आईतबारदेखि निषेधाज्ञा गर्ने निर्णय
2021/04/30, 5:17
 
corona

डडेल्धुरामा  आईतबारदेखि निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । यही वैशाख १९ गते बिहान ६ बजेदेखी २५ गते १२ बजे रातीसम्म निषेधाज्ञा जारी गर्ने जिल्ला कोभिड संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यो निर्णय हो ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले वैशाख १९ देखि निषेधाज्ञा गर्ने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम आर्यलले बताए । निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन्।

अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

खाद्य सामग्रीका पसलहरु बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खोल्न पाइने छ। यसअघि कैलाली र कञ्चनपुर प्रशासनले कोरोनाको मध्यनगर गर्दै बैशाख १६ गते देखि बैशाख २२ गते सम्म निषेधाज्ञा जारी गरिसकेको छ ।