कोरोना संक्रमणः सुदूरपश्चिम प्रदेशको डोटी बाहेक सबै जिल्लामा निषेधाज्ञा (सुची सहित)
2021/05/03, 11:04
 
dd

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अति प्रभावित ४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । तीमध्ये ३१ जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । त्यसमा सुदूरपश्चिम प्रदेशका डोटी बाहेक सबै जिल्लाहरुमा निषेधाज्ञा जारी भएको छ । कुनै जिल्लामा पुर्ण र कुनै जिल्लामा आंशिक निषेधाज्ञा लगाईएको छ । 

गृह मन्त्रालयका अनुसार कैलाली, कञ्चनपुर, डडेल्धुरा बैतडी अछाम र बझाङमा जिल्लाभर निषेधाज्ञा छ । सुदूरपश्चिम प्रदेशका बझाङ र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ । यो बाहेक देशभरका काठमाण्डौ, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, पर्सा, दाङ, पाल्पा, चितवन, बर्दिया र रूपन्देहीमा जिल्लाभर निषेधाज्ञा छ । यसअघि ठाउँ विशेषमा निषेधाज्ञा गरिएको बर्दियामा आजदेखि आउँदो ३१ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा लागू भएको हो । अर्घाखाँचीमा आज रातिदेखि निषेधाज्ञा लागू हुनेछ । 
त्यस्तै सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम,  झापा, गुल्मी, प्यूठान, उदयपुर, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, र दैलेखमा पूर्ण रूपमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कास्कीमा निषेधाज्ञा भए पनि जोरबिजोर लगाइएको छ । कपिलवस्तु, धादिङ, नुवाकोट र धनुषामा भोलि बिहानदेखि तथा दैलेखमा भोलि रातिदेखि निषेधाज्ञा लागू हुने गृहमन्त्रालयले जनाएको छ । 
सुदूरपश्चिमको दार्चुलामा भने ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको छ । यो बाहेक बाग्लुङ, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको छ ।

हेर्नुहाेस् सूची :

1

2

3

4

5