अमरगढी नगरपालिकाले मेयर, उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स, टिप्परलाई सव वहान बनाउने
2021/05/06, 10:32
 
dd

डडेल्धुराको अमरगढी नगरपालिकाले मेयर, उपमेयर चढने गाडि लाई ऐम्वुलेन्स, टिप्पर लाई सव वहान बनाउने अमरगढिको घोषणा गरेको छ ।

विश्वनै कारोना भाईरसले आक्रान्त भईरहेका यो विषम समयमा डडेल्धुरामा पनि कोरोना संक्रमितको संख्या बढदै गईरहेको बेलामा पालिकाले उक्त निर्णय गरेको नगरपालिकाका सुचना अधिकारी लाल वहादुर साँउदले बताए ।

सात स्थानिय तह मध्ये सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका जन प्रतिनिधिहरुले आफुले चढ्ने सरकारि गाडी लाई एम्वुलेन्स बनाउने घोषणा गरेका हुन् । जन प्रतिनिधि जनता प्रति उदासिन भएको आरोप लागिरहेका बेलामा अमरगढीकाले भने यो निर्णय जनताको हितमा रहेको देखिन्छ ।

नगर प्रमुख , उप प्रमुख चढ्ने २३९ नं वोलेरो जिप गाडि नै जनताका लागि एम्वुलेन्स बनाउने र नगरपालिकाको टिप्पर लाई सव वाहन बनाउने निर्णय गरेको नगरपालिकाका सुचना अधिकारी साँउदले बताए ।

आफ्नो सरकारि गाडि लाई यसरी ऐम्वुलेन्स र सव वहान बनाउने डडेल्धुरा पहिलो नगरपालिका रहेको छ । कोरोना निन्त्रणका लागि सक्रिय भुमिका खेलिरहेको नगरपालिकाले आफ्ना सवै संरचना परिचालन गर्ने क्रममा ११ स्वास्थ्य संस्थामा रहेका ४३ जना र विद्यालय नर्सिङ कार्यक्रममा कार्यरत १० जना स्टाप नर्स परिचालन गरेको छ ।

यस्का साथै टोल टोलमा स्वयंसेविका परिचालन गरेको छ । सुदुर पश्चिम प्रदेशको एक मात्र संघिय अस्पताल डडेल्धुरा अस्पतालमा रहेको जनशक्ति अभाव लाई राहात गर्नुका लागि ४ जना स्वास्थ्यकर्मि पठाउने निर्णय गरेको छ ।