बाजुरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु 
2021/05/10, 9:34
 
dd

नयाँ भेरियन्टको दोस्रो कोरोना संक्रमणका कारण सोमबार विहान थप दुई जनाको मृत्यु भएको छ । 

बडीमालिका नगरपालिका–२ का ५९ वर्षका पुरुष र सोही नगरपालिका–९ मार्तडीकी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका कोभिड–१९ सुचना अधिकारी चुडामणी पन्तले जानकारी दिए । 

५९ वर्षका पुरुष दमका विरामी र ४० वर्षीया महिलाका मृगौलाको विरामी भएको पन्तले बताए । 

 जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ ।