लम्कीमा मोटरसाइकलको ठक्करबाट चार जना घाइते
2024/08/16, 6:05
 
11

कैलालीको लम्कीमा मोटरसाइकलको ठक्करबाट चार जना घाइते भएका छन्।

लम्कीचुहा नगरपालिका–४ बलियामा सुदूरपश्चिम प्रदेश ०१–०११ प ६०२९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोहि ठाउँकी १९ वर्षीया अनिसा चौधरी घाइते भएकी छन्। मोटरसाइकल चालक लम्कीचुहा–२ का २२ वर्षीय गोपाल ढकाल घाइते भएका छन्। घाइते दुबै जनाको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।


यस्तै लम्कीचुहा नगरपालिका–४ मा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको भे ९ प २०५९ नम्बरको मोटरसाइकलको ठक्करबाट ५० वर्षीया चन्द्रा भण्डारी घाइते भएकी छन्। चालक कोहलपुर नगरपालिका–२ का ३० वर्षीय सन्तोष शाही पनि घाइते भएका छन्। घाइते दुबै जनालाई थप उपचारका लागि मेडिकल कलेज कोहलरपुर पठाइएको प्रहरीले जनाएको छ।