सुदूरपश्चिमकी एक शिक्षिकाः जस्ले ढाई बर्षदेखि पाएकी छैनन् तलब
2020/07/18, 6:50
 
teacher

बैतडीमा एक शिक्षिकाले ढाई बर्षदेखि तलब नपाएको गुनासो गरेकी छिन् । डिलासैनी गाउँपालिकामा रहेको केदार समैजी आधारभुत विद्यालयमा कार्यरत शिक्षिक कृष्णा बोहराले ढाई बर्षदेखि तलब नपाएको गुनासो गरेकी हुन् ।

‘२०६९ सालदेखि विद्यालयमा अध्ययापन गर्दै आएकी छु,’ उनले भनिन्, ‘झण्डै तीन बर्षसम्म निःशुल्क अध्यापन गराए । २०७२ सालदेखि विद्यालय व्यवस्थापन समितिले मासिक ८ हजार तलब दिने निर्णय ग¥यो । तर २०७४ साल माघदेखि तलब दिईएको छैन् ।’

शिक्षिका बोहरा अपाङ्गता भएकी व्यक्ति हुन् । यता विद्यालयका प्रधानाध्यापक कृष्ण बोहराले पनि कृष्णाले तलब नपाएको स्विकार गरे ।

‘विद्यालयको स्रोतले भ्याएसम्म २१ महिनाको तलब लैजानु भनेका थियौ ।’ उनले भने, ‘तर कृष्णाले पूरानो तलब समेत पाउनुपर्ने माग गर्दै आएकी छिन् । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार अगाडी बढ्छु ।’