
सिद्धार्थ बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेश कोरोना कोषमा १० लाख रकम सहयोग गरेको छ । बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा १० लाख रकम सहयोग गरेको हो ।

सिद्धार्थ बैंकका धनगढी शाखा प्रबन्धक नितेश श्रेष्ठले १० लाखको चेक प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशवहादुर शाहलाई हस्तान्तरण गरे । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको जनाएको छ ।

यसअघि अघिल्लो बर्षको कोरोना महामारीका बेला पनि बैंकले सात वटै प्रदेशलाई १० लाखको दरले कोरोना कोषमा सहयोग गरेको थियो । सुदूरपश्चिम प्रदेश सरकारलाई पनि अघिल्लो बर्ष १० लाख रकम कोराना कोषमा सहयोग गरेको सिद्धार्थ बैंकका धनगढी शाखा प्रबन्धक नितेश श्रेष्ठले जानकारी दिए ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03