श्रममन्त्री गौरीशंकर चौधरीलाई कोरोनाको जटिल समस्या
2021/05/14, 8:52
 
dd

संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कोरोनाको जटिल समस्या देखिएको छ । साढे २ वर्षीय छोरा सहित मन्त्री चौधरीलाई कोरोनाको जटिल समस्या देखिएको हो । पखाला लाग्ने, ज्वरो आउने, शरीर र घाँटी दुख्ने समस्या देखिएको मन्त्री चौधरीले बताए ।

गेटा आइसोलेसन निर्माणको तयारीको क्रममा एक हप्ता अगाडि मन्त्री चौधरी गृह जिल्ला कैलाली आएका थिए । उनलाई कैलाली आएकै अवस्थामा समस्या देखिएको थियो ।

उनीसँगै उनका डाइभर, कार्यालय सहयोग समेतलाई कोरोना संक्रमण भएको छ । चिकित्सकको नियमित निगरानीमा मन्त्रालयकै क्वाटरको आईसोलेसनमा रहेको मन्त्री चौधरीले बताए ।