बझाङका ६ जनामा कोरोना संक्रमण पुष्टि, सबै जना खप्तडछान्ना गाउँपालिकाका वासिन्दा
2020/06/06, 2:55

बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै बझाङमा संक्रमितको संख्या ७ पुगेको छ ।

शुक्रबार कोरोना पुष्टि हुनेमा २५, ३८, ५७, र ७० वर्षीय पुरुष तथा २ जना ४० वर्षिया महिला रहेका छन । उनीहरूमध्ये ५ जना भारतको दिल्लीबाट १ हप्ता अगाडी धनगढी स्थित त्रिनगर भन्सारनाका भएर आएको र १ जना २५ वर्षीय पुरुष २ हप्ता अघि काठमाडौंबाट बझाङ भित्रिएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताए ।
संक्रमितलाई खप्तड छान्ना गाउँपालिकाले नै बनाएको आईसोलेसनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको डाक्टर खड्काले बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/27, 10:37
2020/09/26, 9:24
2021/04/10, 7:48
2021/10/24, 11:37
2022/09/26, 12:59