माओवादी र नेपाल पक्षका विद्यार्थी संगठनले मन्त्रीका गाडी चल्न नदिने
2021/05/22, 4:39
 
studet

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) र नेकपा एमाले माधव नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री र राष्ट्रपतिकाे कदमविरुद्ध संघर्षका कार्यक्रम घाेषणा गरेका छन्।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान १ :४९ बजे सूचना प्रकाशित गरेर कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तय गरेपछि उनीहरुले अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति निकाल्दै संघर्षका कार्यक्रम घाेषणा गरेका हुन्।

'असंबैधानिक रुपले संसद विघटनको सिफारिस गर्ने ओली सरकार र तिनका मतियारर असवैधानिक कदमलाई रोक्नको सट्टा लालमोहर लगाउने राष्ट्रपति यो व्यवस्था बिरोधि जनताका दुस्मन कित्तामा उभिएका छन् । त्यसैले यो असंवैधानिक कदमका विरुद्ध संघर्ष गर्नु अग्रगमनका पक्षधरहरुको कर्तव्य हो,' विज्ञप्तिमा भनिएकाे छ।

उनीहरुका अनुसार  प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झण्डा जलाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने, सरकारका मन्त्रीलाई, कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने कार्यक्रम तय गरिएकाे छ।