सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय पुग्यो
2021/06/01, 11:08
 
dd

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म कोरोनाबाट सुदूरपश्चिममा पाँच सय जनाको मृत्यु भएको हो ।

जेठ महिनाको १७ गतेसम्म १८३ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीका सुपका नौ जिल्लामा गरी सो संख्यामा संक्रमितको मृत्यु भएको हो ।

गएको वैशाख महिनामा दुई सय ५९ जनाको मृत्यु भएको थियो । वैशाखभन्दा अघि प्रदेशमा ५८ जनाको मृत्यु भएको थियो । वैशाख मसान्तसम्म तीन सय १७ जनाको मृत्यु भएकोमा जेठको १७ दिनमा १८३ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

वैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन । स्वाथ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका संक्रमितको मृत्यु भएको छ ।

बैशाख महिनामा सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको थियो । तर पछिल्लो समयमा अक्सिजनको व्यवस्था हुन थालेपछि मृत्यु हुनेको संख्या पनि कम हुदैं गएको छ ।