जेठमा महिनामा कोरोनाबाट सुदूरपश्चिममा १८३ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार जेठ १ गतेदेखि १७ गतेसम्म गरी एक सय ८३ जनाको मृत्यु भएको हो । जेठ महिनाको १७ गतेसम्म १८३ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीका सुपका नौ जिल्लामा गरी सो संख्यामा संक्रमितको मृत्यु भएको हो ।
गएको वैशाख महिनामा दुई सय ५९ जनाको मृत्यु भएको थियो । वैशाखभन्दा अघि प्रदेशमा ५८ जनाको मृत्यु भएको थियो । वैशाख मसान्तसम्म तीन सय १७ जनाको मृत्यु भएकोमा जेठको १७ दिनमा १८३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
जेठको दोस्रो सातादेखि मृत्युदर घट्दै गएको छ ।
प्रदेशमा जारी निषेधाज्ञाले पनि मृत्युदरमा किम आएको चिकित्सकहरुले बताएका छन् । जेठमा सबैभन्दा बढी गते १ जनाको मृत्यु भएको छ । जेठ १४ गते सबैभन्दा कम ३ जनाले ज्यान गुमाएका छन् । जेठको पहिलो डेढ साता दोहोरो अंकमा रहेको मृत्युदर घटेर एक अंकमा झरेको छ । जेठ ११ गतेपछि जेठ १७ गतेसम्मको अवधिमा सबैभन्दा वढी ९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समयमा कोरोना मृत्युदर घट्दै गएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म कोरोनाबाट सुदूरपश्चिममा पाँच सय जनाको मृत्यु भएको हो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीका सुपका नौ जिल्लामा गरी सो संख्यामा संक्रमितको मृत्यु भएको हो ।
स्वाथ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका संक्रमितको मृत्यु भएको छ । बैशाख महिनामा सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको थियो । तर पछिल्लो समयमा अक्सिजनको व्यवस्था हुन थालेपछि मृत्यु हुनेको संख्या पनि कम हुदैं गएको छ ।