सीमामा भारतीय दादागिरीः हुलाकी सडक निर्माणमा अवरोध
2021/06/02, 9:48
 
corona

भारतीय पक्षले कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडकमा अवरोध पु¥याएको छ । निर्माणाधीन हुलाकी सडक अन्र्तरगत कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको हो ।  गत बर्ष साउनमा फिल्मी शैलीमा तामझाम र फौज फक्कड ल्याएर भारतीय सुरक्षाकर्मी सहितका प्रशासनिक अधिकारीले निर्माण भईरहेको हुलाकी सडक अवरोध गरेर फर्किएका थिए ।

यस बर्ष पनि भारतीय पक्षले अवरोध गरेको सडक निर्माण कम्पनीले जनाएको छ ।   सडक निर्माण कम्पनी बाबाहंश सिद्धिकीका संचालक चक्रदिप शाहले भारतीय पक्षले यस बर्ष पनि काममा अवरोध गरिरहेको बताए । सो ठाउँमा ‘सडक निर्माणको अन्तिम कालोपत्रे गर्न बाँकी थियो । उनले भने, ‘भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट अवरोध भयो ।’

भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर पटक पटक अनावश्यक विवाद झिक्दै आएको छ । गत बर्ष ग्राबिलिङ्ग गर्दा पनि भारतीय पक्षले अवरोध गरेको थियो ।  रिफेन्स पिलर क्षेत्रको पुर्वतिर १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न अनावश्यक बखेडा झिक्दै आएको स्थानीय हरिचन्द ठकुरी बताउँछन् । भारतीय पक्षले जिपिएस नक्साका माध्यमबाट सडक भारतको भूमिमा पर्ने दाबी गर्दै काममा अवरोध गर्दै आएको छ  ।