कैलालीमा कोरोना विरुद्धको दोस्रो डोज लगाउन सुरु
2021/06/02, 1:57
 
tt

कैलालीमा आजदेखि पुनः कोरोना विरुद्धको खोप सुरु भएको छ। जिल्ला स्वास्थय कार्यालय कैलालीका अनुसार जिल्लाका विभिन्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा ५५ वर्षमाथिका नागरिकलाई दोस्रो डोज खोप लगाउन सुरु गरिएको हो । 

दोस्रो मात्रामा छुट भएका व्यक्तिहरुका लागि दरख स्वास्थ्य चौकी, लम्किचुहा अस्पताल, मालाखेती अस्पताल, चौमाला प्राथामिक स्वास्थ्य केन्द्र, धनगढी रंगशाला र टीकापुर अस्पतालबाट तीन हजारलाई कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाइने स्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख लालबहादुर धामीले बताए ।