कैलालीमा हप्ताको चार दिन पसल खोल्न पाइने
2021/06/03, 2:08
 
33

धनगढी : कैलालीमा हप्ताको चार दिन पसल खोल्न पाइने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले ३१ गते सम्म निषेधाज्ञालाई निरन्तरता दिदै तरकारी, फलफूल, खाद्यान्न, डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर चार दिन खोल्न पाइने उल्लेख गरेका छन् । 

प्रत्येक आइतबार, मंगलबार, विहीबार र शनिबार बिहान ७ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाउने प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा उल्लेख छ । यस्तै आवश्यक स्वास्थ्य मापदण्डको पालना गरि तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंक्षीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्याँस, सरसफाईमा प्रयोग गरिने मास्क, साबुन र स्यानिटाइजर लगायत ढुवानी गर्ने यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी न्यूनतम जनशक्ति प्रयोग गरी सञ्चालन गर्न पाउने समेत पाउने जनाएको छ ।