प्रधानमन्त्री केपी शर्मा ओलीले ४ जना मन्त्री बनाएपनि उनकै कार्यकालमा सुदूरपश्चिम प्रदेश अहिले मन्त्री विहीन भएको छ। प्रधानमन्त्री ओलीले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका २ जना सहित ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।
ती मध्ये उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशङ्कर चौधरी सर्वोच्चको फैसला पछि मन्त्री पद गुमेको थियो । बाँकी रहेको बन तथा वातावरण मन्त्री प्रेम आले र सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना पनि मन्त्रीबाट हटेका छन् ।
वन मन्त्रीमा प्रधानमन्त्री ओलीले जसपाका उमाशङ्कर अरगरियालाई नियुक्त गरेका छन् । अहिले प्रधानमन्त्री ओलीले गृह र रक्षा सहित ७ मन्त्रालय आफैसँग राखेका छन् ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2023/02/08, 5:31
2021/02/22, 3:51
2021/09/23, 12:47
2021/01/11, 7:28