कोरोनाको दोस्रो लहरमा स्वदेश फर्किएका सुदूरपश्चिमेली फेरि महामारीकै बिच भारत पस्न बाध्य भएका छन् । भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै संक्रमण र मृत्युदर बढ्न थालेपछि स्वदेश भित्रीएका सुदूरपश्चिमेलीहरु निषेधाज्ञाकै बिच पुनः भारत जान लागेका हुन् । भारतमा गएका नेपालीहरु रोजगारी गुमाएर स्वदेश फर्किएका थिए । अहिले उनीहरु सिमानाका गौरीफन्टा र गड्डाचौकी नाका भएर दैनिक सयौंको संख्यामा भारत गइरहेका छन् । स्वदेशमा रोजगारीका कुनै अवसर नभएकपछि फेरि माहामारीकै बिचमा कामको खोजीमा भारत पस्नुपरेको उनिहरुको दुखेसो छ ।
कैलालीको जोशीपुर गाउँपालिका ७ का पदम राज अवस्थी काधंमा झोला बोक्दै गौरीफन्टा नाकामा लाईनमा उभिरहेका थिए । बाँया काधंमा एक हातले झोला समात्दै लाईनमा उभिएका उनी भारत जान हतार हतारमा थिए । हामीले उनलाई सोध्यौँ अहिले कोरोना माहामारी चलिरहेको छ । निषेधाज्ञा छ, भारतमा कोरोना संक्रमण बढीरहेको छ, मृत्युदर बढेको छ । यस्तो अवस्थामा अहिले किन भारत जाँदै हुनुहुन्छ ? उनको एउटै जवाफ थियो, गरीबीका कारण जाँदै छौँ हजुर, खानलाई पुग्दैन यहाँ के गर्ने, उनले भने ।
हामीले फेरी सोध्यौँ, सरकारले रोजगारीका गुमाएकालाई स्वरोजगार बनाउने भनेको थियो त, केही गरेनन् उनले फेरी भने, सरकारले रोजगारी दिए त दोस्रो ठाउँ किन जानुपर्ने, दिए त यतै काम गथ्र्यौँ नि, अहिले कोरोनाकै माहामारीकै बिच जानुपर्ने बाध्यता भयो, उनले भने । उनि त एक प्रतिनिधि मात्रै हुन् ।
उनिजस्तै हजारौ नागरिक अहिले कोरोनाकै बिचमा भारत जानुपरेको छ । कैलालीकै गोदावरी नगरपालीका वडा नम्बर ७ का चन्द्र बहादुर बिष्टले पनि आफ्नै देशमा काम गर्ने रहर हुँदा हुँदै पनि यहाँ कुनै रोजगारीका अवसर नपाएपछि भारतमै जानुपरेको बताए । “बाध्यता भएर नै काम खोज्दै भारत जानलागेको हुँ उनले भने, घरमा लाउनखान, बालबच्चालाई पढाउन र घरको रिण तिर्न त पर्यो नि ।”
सरकारले स्वदेशमै रोजगारीका अवसर प्रदान गर्न सके बाहिर जानुपर्ने बाध्यता हट्ने उनको भनाई छ । चैत देखि जेठ महिनाको हालसम्म ५३ हजार ३ जना बढी गौरीफन्टा नाका भएर स्वदेश भित्रीएकोमा यही अवधिसम्म १८ हजार ७ सय ७२ जना भन्दा बढी पुनः भारत गएका छन् । त्रिनगरनाका हेल्थ डेक्सका इन्र्चाज गणेश बम साउँदका अनुसार चैत महिनामा ९ हजार ९० जना, बैसाखमा ३ हजार ९ सय ९३ जना र जेठको हालसम्म ५ हजार ६ सय ८९ जना गरी १८ हजार ७ सय ७२ जना भारत गएका छन् ।