
यार्सागुम्बा संकलनको क्रममा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ। नौगाड गाउँपालिका ४ का १९ वर्षीय महेशसिह धामीको भीरबाट लडेर मृत्यु भएको हो।

अपिहिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा संकलन गर्न गएका धामीको भीरबाट लडेर शनिबार मृत्यु भएको नौगाड गाउँपालिका ४ का अध्यक्ष नन्दनसिह धामीले जानकारी दिए। जेठ पहिलो साता यार्सागुम्बा संकलनको लागि काका रघुबीरसिह धामीसँगै लोलु पुगेका थिए।
मृतक गणेश विनायक मावि सिप्टीमा कक्षा १२ मा अध्ययनरत छन्। यो वर्ष यार्सागुम्बा संकलनको क्रममा तीन जना अपिहिमाल गाउँपालिका र १ जना नौगाड गाउँपालिकाका संकलकको मृत्यु भएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/16, 6:45
2020/12/01, 10:43
2021/07/04, 4:49
2022/03/09, 12:07
2023/01/24, 2:40