सुदूरपश्चिममा १७६ कोरोना संक्रमित थपिए, ५३० कोरोनामुक्त, ९ जनाको मृत्यु
2021/06/06, 7:19
 
aa

सुदूरपश्चिम प्रदेशमा आइतबार १ सय ७६ कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परीक्षणमा ९१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार पिसिआर बिधिबाट ७ सय ७ र एन्टिजेन विधिबाट ८ सय ८३ नमूनाको कोरोना परिक्षण गरिएको थियो ।

यो सँगै प्रदेशमा दुवै विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमित संख्या ४१ हजार ३ सय २ पुगेको छ । जसमध्ये ३० हजार ८ सय ४२ जनाले कोरोना जितेका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ३० जनाले कोरोना जितेका छन ।

आइतबार कोरोना संक्रमणबाट सुदूरपश्चिममा ९ जनाको मृत्यु भएको छ । जसमा कैलाली, कञ्चनपुर, डोटीका २र२ जना, अछाम, बाजुरा र बैतडीका १-१ जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ३७ पुगेको छ ।