बैंकर दम्पतिद्धारा मानव सेवा आश्रमलाई सहयोग
2021/06/07, 9:03
 
dd

बैवाहिक बर्षगाठको अवसरमा धनगढीका बैंकर दम्पतिले  मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । बैंकरद्धय सागर ओझा र उनकी धर्मपत्नी दुर्गा ओझाले आफ्नो ११ औं बैवाहिक बर्षगाठको अवसरमा आश्रमलाई दश हजार आर्थिक सहयोग गरेका हुन् । 

आश्रममा रहेका असहायलाई सहयोग होस भनेर सहयोग गरिएको ओझा दम्पतिले बताए । उनीहरुले आश्रममा रहेका असहायहरुलाई खाना समेत खुवाएका छन् ।

बैंकर सागर ओझा मेगा बैंक नेपाल लिमिटेडका सुदुरपश्चिम प्रदेश प्रमुख हुन भने र उनकी श्रीमति  दुर्गा ओझा ग्लोबल आईएमई बैंक अत्तरिया शाखाको कर्जा विभागमा कार्यरत रहेकीछिन् ।