सुदूरपश्चिममा संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो एक सातामा मात्रै ६ हजार आठ सय ५ जना घर फर्किएका छन् । यो अवधिमा दुई हजार ९७ जनालाई कोरोना पुष्टि भएको छ भने ४३ जनाको मृत्यु भएको छ । जेठ १६ गतेसम्म कोरोना पुष्टि हुनेको संख्या बढी र निको हुनेको संख्या कम रहेकोमा १७ गतेदेखि कोरोना पुष्टि हुनेभन्दा निको हुनेको संख्या दोब्बर तेब्बरले बढेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ ।
सुदूरपश्चिम प्रदेशमा आइतबार १ सय ७६ कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परीक्षणमा ९१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार पिसिआर बिधिबाट ७ सय ७ र एन्टिजेन विधिबाट ८ सय ८३ नमूनाको कोरोना परिक्षण गरिएको थियो । यो सँगै प्रदेशमा दुवै विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमित संख्या ४१ हजार ३ सय २ पुगेको छ । जसमध्ये ३० हजार ८ सय ४२ जनाले कोरोना जितेका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ३० जनाले कोरोना जितेका छन ।
आइतबार कोरोना संक्रमणबाट सुदूरपश्चिममा ९ जनाको मृत्यु भएको छ । जसमा कैलाली, कञ्चनपुर, डोटीका २र२ जना, अछाम, बाजुरा र बैतडीका १–१ जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । शनिबार प्रदेशभरी १८५ जना थपिदा ५३८ जना निको भए भने चार जनाको मृत्यु भएको थियो । शुक्रबार ३६६ मा कोरोना पुष्टि हुँदा १३८९ जनाले कोरोना जितेका थिए भने ८ जनाको मृत्यु भएको थियो ।
विहीबार ३२८ जनामा कोरोना पुष्टि, १३२८ जना निको र चार जनाको मृत्यु, वुधबार २९३ जनामा कोरोना पुष्टि, १२०३ जना निको र ६ जनाको मृत्यु भएको थियो । मंगलबार ४५४ जनामा कोरोना पुष्टि हुँदा ८९९ जनाले कोरोना परास्त गरेका थिए भने ७ जनाको ज्यान गएको थियो । गत सोमबार २९५ जनालाई कोरोना देखिदा ९१८ जना घर फर्किएका थिए भने ५ जनाको मृत्यु भएको थियो ।