सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टा धकेलियो, दलहरू छलफलमा
2021/06/08, 9:51
 
aa

मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक तोकिएको समयमा सुरु हुन सकेन ।  मंगलबार बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो ।  बैठक १ घण्टा पछिलाई सारिएको छ । 

दलहरु आन्तरिक छलफलमा जुटिरहेका छन् । विशेष गरी कांग्रेसले निर्णय गर्न सकिरहेको छैन । स्रोतका अनुसार कांग्रेसले पनि मुख्यमन्त्री भट्टकै पक्षमा मतदान गर्ने तयारी गरेको छ । दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । एमाले र कांग्रेसको संसदीय दलको बैठक चलिरहेको छ । 

मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए। ५२ सदस्यीय प्रदेशसभा सरकार गठनका लागि २७ सांसद पुग्नुपर्छ । यो समीकरण पूरा गर्न माधव पक्षका १५ र माओवादी केन्द्रका १३ गरी २८ जना सांसद पुग्छन् ।

यसरी सरकारलाई विश्वासको मत प्राप्त हुन्छ । जनता समाजवादी पार्टीका दुई जना सांसद केन्द्रमा तत्कालीन राजपा पक्षका हुन् । केन्द्रमा सरकारलाई समर्थन गरेकाले यहाँ पनि सोही अनुसार निर्णय हुनसक्ने देखिएको छ ।