मुख्यमन्त्रीलाई विश्वासको मत दिने सुदूरपश्चिम एमाले संसदीय दलको निर्णय
2021/06/08, 11:47

सुदूरपश्चिम एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विश्वकर्माले जानकारी दिइन् ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदैछन् । माधव नेपाल पक्षको बहुमत रहेको सुदूरपश्चिम एमाले संसदीय दलले पार्टी केन्द्रीय कमिटीको निर्णयलाई बेवास्ता गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । एमालेका सांसदको समर्थन पाउने भएपछि मुख्यमन्त्री भट्टको पद सुरक्षित हुने भएको छ ।
एमाले ओली पक्षका ७ सांसदले भने प्रदेशसभा बैठकमा उपस्थित नहुने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएका छ्न ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22