सुदूरपश्चिमका मुख्यमन्त्रीले भट्टले विश्वासको मत पाए
2021/06/08, 12:25
 
corona

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत पाएका छन्।   नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री भट्टको विश्वासको मतको पक्षमा ३० मत खसेका छन्। त्यस्तै विश्वासको मतको विपक्षमा ९ मत खसेका छन्।

प्रदेश सभा बैठकमा ५१ जना सांसद उपस्थित रहेका थिए। जसमध्ये ३० जना पक्षमा, ९ जनाले विपक्षमा मतदान गरे भने कांग्रेसका १२ जनाले मतदानमा भाग लिएनन्।  मुख्यमन्त्री भट्टलाई नेकपा (एमाले)का माधवकुमार नेपाल पक्षका सांसदले मत दिएका छन्। एमालेको ओली पक्षका सांसदले विपक्षमा मत दिएका छन्। 

एमालेको नेपाल पक्षले मत दिएपछि कांग्रेस सांसदले तठस्थ बसेका छन्। कांग्रेस सांसदले मतदान गरेनन्।  मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो। तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदले विरोध गरेका थिए। 

त्यस्तै, कांग्रेस संसदीय दलको बैठकले आवश्यक परेमा मात्रै मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो। एमालेकै सांसदले विश्वासको मत पुगेपछि कांग्रेस सांसद तठस्थ बसेका हुन्।