गौरीगंगा नगरपालिकाले जानकारी नदिएर बजेट सिलिङ पठाएको भन्दै वडा अध्यक्ष तथा सदस्यद्धारा विरोध
2021/06/08, 2:17

कैलालीको गौरीगंगा नगरपालिकाले कार्यपालिका सदस्यलाई जानकारी नदिएर बजेट प्रस्ताव (सिलिङ) पठाएको आरोप लागेको छ। आर्थिक वर्ष २०७८/७९ का लागि छुट्याइएको बजेट चित्त बुझ्दो नरहेको भन्दै नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालीका सदस्यहरुले विरोध जनाएका हुन्।

नगर प्रमुखले एकलौटी रुपमा कसैसँग छलफल नगरी एक्कासी वडा कार्यालयहरुमा बजेट सिलिङ पठाएको विषयमा उनीहरुले आपत्ती जनाएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै कार्यपालिका सदस्यहरुले बजेट विनियोजन गर्दा खाका तयार गरेर मात्रै वडामा बजेट सिलिङ पठाउनुपर्नेमा त्यसो नभएको आरोप लगाएका हुन्।
साथै उनीहरुले कर्मचारीको मिलेमतोमा अपारदर्शी तरिकाले बजेट विनियोजन भएकाले उक्त प्रक्रियामा असहमति जनाउँदै कार्यपालिका बैठक बोलाएर छलफलपछि मात्रै बजेट सिलिङ बनाइनुपर्ने माग राखेका छन्।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/16, 6:45
2020/12/01, 10:43
2021/07/04, 4:49
2022/03/09, 12:07
2023/01/24, 2:40