सुदूरपश्चिममा २५३ कोरोना संक्रमित थपिदा ५७५ डिस्चार्ज, ३ जनाको मृत्यु
2021/06/09, 6:42

सुदूरपश्चिम प्रदेशमा बुधबार २ सय ५३ कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परीक्षणमा १ सय ५५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९८ जना गरी २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार पिसिआर बिधिबाट ४ सय २४ र एन्टिजेन विधिबाट १ हजा १ सय ५ नमूनाको कोरोना परिक्षण गरिएको थियो । यो सँगै प्रदेशमा दुवै विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमित संख्या ४२ हजार १ सय २२ पुगेको छ । जसमध्ये ३२ हजार १ सय ९८ जनाले कोरोना जितेका छन ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ७५ जनाले कोरोना जितेका छन । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण बुधबार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै कैलालीका रहेका छन । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ४५ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22