
सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

बजेट ल्याउनुभन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष केही ढिलो भएको छ ।राजनीतिक उत्तारचढावका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ गरेको सरकारले अध्यादेश मार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेको थियो ।
संशोधित अध्यादेशमा अगामी नीति तथा कार्यक्रम ल्याउन कुनै समय सीमा राखिएको छैन । प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22