धनगढीका एक जनाको डोटीमा जीप दुर्घटना हुँदा मृत्यु
2021/06/11, 8:33
 
Co

डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु  भएकाे छ । अन्य एक जना घाइते भएका छ्न । जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नं ४ स्थित समुहगाड रेडियो नेपाल क्षेत्रीय प्रशारण नजिकै बिहान ४ बजेको समयमा  दुर्घटना  भएकाे हो ।  दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर बस्ने ५० बर्षिया चालक हुकुम शाह  र  उनकी भतिजी २६ बर्षिया देवी कुमारी शाह घाइते भएका थिए । दुबै जनालाई उपचारको लागि शैलेश्वरी अस्पतालमा लगिएको थियो । अस्पतालमा  पुर्याएको  केहि समयमै  चालकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते देवी शाहको अहिले उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको  अस्पतालले जानकारी दिएको   छ । धनगढीबाट बाट बाजुराको लागि कुखुराको चल्ला बोकेर गइरहेको सु.प्र.प ०१०० च २६१५ नम्बरको जीप १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका इन्चार्ज अशोक खड्काले जानकारी दिए ।