
नेपाल खेलकुद महासंघ सुदुरपशिम प्रदेशको आयोजनामा धनगढी रंगशालामा निशुल्क खानेपानी र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

महासंघको राष्ट्रिय अभियान अन्तर्गत देशव्यापी रुपमा भैरहेको कोभिड विरुद्धको खोप लगाउन सहभागी सम्पुर्ण वृद्ध बृदा, सुरक्षाकर्मी, पत्रकार, सरकारी कर्मचारी, स्वास्थकर्मीलाई सेनिटाइजर, माक्स, पिउने पानी बितरण गरिएको हो ।
महामारीको समयमा महासंघका पदाधिकारीहरुद्धारा सामाजिक उत्तरदायीत्व स्वरुप सामाजिक कार्य गरेको महासंघका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम अध्यक्ष प्रकाशकुमार चन्दले बताए ।

कार्यक्रममा खेलकुद महासंघका केन्द्रिय सचिब विष्णु चन्द, केन्द्रिय सचिवालय सदस्य सत्यराज स्नेही, कैलाली जिल्ला सचिव सुवास चन्द र क्षेत्रीय खेलकुद बिकास समितीका हरि बिष्टको उपस्थिति रहेको थियो ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22