
साँफेबगर बाजुरा सडक खण्डमा चक्काजाम गरिएको छ। साँफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर देउझालामा पर्ने सडकमा स्थानीयले चक्काजाम गरेका हुन्।

देउझाला क्षेत्रमा बुढिगंगा नदि संगै जोडिएको सडकका कारण आफुहरुको बस्ति जोखीमा रहदा समेत व्यवस्थानमा कुनै चासो नदिइएको भन्दै चक्काजाम गरिएको स्थानीयले बताएका छन्।
सडक चक्काजामको नेतृत्व गरिरहेका युवा मुकेश कुँवरका अनुसार बुढिगंगा नदिसंगै जोडिएको सडकमा नदिको कटानका कारण बस्ति नै जोखीममा रहेकाले आवश्यक व्यवस्थापनका लागी बिभिन्न क्षेत्रलाइ ध्यानाकर्षण गरिएको थियो।

नदि कटान र पहिरोको उच्च जोखीमबारे सरोकारवालाले कुनै सुनुवाइ नगरेपछि उनीहरु सडक चक्काजाम गर्न बाध्य भएका हुन्। सडकका चक्काजाम गरिए संगै दर्जनौ गाडीहरु अलपत्र परेका छन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11