
धनगढी ः कैलालीमा निर्माणाधिन रानीजमरा कुलरिया सिँचाइ आयोजनाको अनुमगन गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, इलाका प्रशासन टीकापुरका प्रमुख मोहनराज जोशी ,कैलालीका प्रहरी प्रमुख अनुपम समशेर जबरा लगायतको टोलीले रानीजमरा कुलरिया सिँचाइ आयोजनाको अनुमगन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले गृह मन्त्रालयको निर्देशनअनुसार रानी आयोजनाको अनुमगन तथा आयोजना कार्यालयसँग समीक्षात्मक कार्यक्रम गरिएको जानकारी दिए । अहिले रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ५० प्रतिशत मात्र काम सम्पन्न जनाइएको छ । आयोजनाको दोस्रो चरणको काम आव २०८१ मा सम्पन्न गरिसक्नुपर्ने छ । त्यो अवधिका काम सम्पन नहुने आयोजनाले बताउँदै आएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22