सेती प्रयोगशालामा २०३ नमूना परीक्षण गर्दा ११  जनामा कोरोना पुष्टि
2021/06/12, 5:37
 
corona

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  २ सय ३ नमूना परीक्षण गर्दा ११  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका ४ जना  यस्तै धनगढीबाहेक कैलालीका ३ जना र अन्य जिल्लाका ४  जनामा संक्रमण पुष्टि  भएको जनाएको छ । हाल अस्पतालमा  २१  जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जसमध्ये  ८ जना आइसियूमा, ८  जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ५ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने  ९ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा कसैको कोरोनाका कारण मृत्यु नभएको अस्पतालले जनाएको छ ।