
सेती प्रादेशिक अस्पतालले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ । उक्त सेवा सुरु भएसंगै प्रदेशभर रहेका स्वास्थ्यकर्मी तथा बिरामीहरुले फोनबाटै सम्पर्क गरेर आपतकालिन सल्लाह लिन सक्नेछन् । आइतबार अस्पतालले एक सूचना जारी गर्दै कोरोना तथा वर्षातको मौसममा देखापर्ने सर्पदंश, मलेरिया, कालाजार, डेंगु, मेनिन्जाइटिस तथा नसर्ने रोग उच्च रक्तचाप र मुटुरोगसम्बन्धी परामर्श लिन विशेषज्ञ चिकित्सकलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक डा।शेरबहादुर कमर, डा।निराजनदत्त शर्मा, डा।सन्तोष पाण्डे र डा।निशान भट्टराईलाई बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्पर्क गर्न सकिनेछ।


2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22