
डडेल्धुरा : जिल्लामा कोभिड १९ सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ । पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । दोस्रो चरणको कूल सङ्क्रमित एक हजार १८३ मध्ये एक हजार पाँचजना निको भएको कार्यालयक प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।

जिल्लाभरिमा होम आइसोलेशन र संस्थागत आइसोलेशनमा गरी १७८ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एकजना मात्रै सङ्क्रमित पुष्टि भएको उनले बताए ।
संक्रमितको निको हुने दर बढेसँगै जिल्ला अस्पतालका साथै स्थानीय तहले बनाएका संस्थागत आइसोलेशनका श्यया खाली हुन थालेका छन् । सङ्क्रमितका आत्मबल उच्च भएमा सहजै कोरोनालाई जित्न सकिने निको भएकाको भनाइ छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/31, 10:24
2020/07/09, 1:37
2020/11/22, 1:33
2021/04/11, 5:44
2021/10/25, 1:25