बझाङमा थप एक सात निषेधाज्ञ गर्ने निर्णय
2021/06/14, 10:23
 
dd

बझाङ जिल्लामा थप एक सात निषेधाज्ञा गर्ने निर्णय गरीएको छ । आईतबार बसेको डीसीसि एमसिको बैठेकले जिल्ला भरी निषेधाज्ञ केही खुकुलो पार्दै असार ७ गते सम्मका लागी निषेधाज्ञ गर्ने निर्णय गरेको हो । बजार विहान देखी ११ बजे सम्म खुला गर्न पाउने, बैङ्क तथा वित्तीय संस्थाहरु दिउसो १२ बजे सम्म खुला गर्ने र अन्य सरकारी कार्यलयहरु बाट पनि सेवा प्रवाह गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए ।

यस्तै सबैसरकारी तथा गैरसरकारी कार्यलयहरु बाट दिने सेवा सुविधाहरु पनि आंशिक रुपमा खुला गरीएको छ । अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई सेवा प्रवाह गर्ने निर्णय गरीएको हो । ठुला सवारीका साधनहरुमा सामाजीक दुरी कायम गरी र स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्नुपर्ने र साना सवारीका साधनहरुको हकमा ५ जना भन्दा बढी बस्न नपाउने गरी र अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने गरी तथा अति आवष्यक परेमा मात्रै संचालन गर्न सकीने जानकारी दिए ।

यस्तै जिल्ला प्रशासन कार्यलयले दिने सेवा समेत फरकफरक बार अनुसार एक बारमा २ वटा स्थानीय तहहरुका नागरीकहरुलाई सेवा दिने तरीकाले संचालनमा ल्याईएको छ ।