सुदूरपश्चिममा सोमबार थप १२७ जनामा कोरोना पुष्टि भएको छ भने १३९ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । कञ्चनपुरका २ जना, कैलाली र अछमका १/ १ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा १३९ जना संक्रमित निको भई घर फर्किएका छन ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ३९८ नमुना पीसीआर तथा ४ वटा सीमा नाकामा १ हजार ७७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गरिएकोमा १२७ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २३१ जनाको नमूना परीक्षण गर्दा १३ जना, डडेल्धुरा अस्पतालमा २० जनाको नमूना परीक्षण गर्दा ५ जना, महाकाली अस्पतालमा ३८ जनाको नमूना परीक्षण गर्दा ८ जना, अछामको कमल बजार प्रयोगशालामा ४८ जनाको नमूना परीक्षण गर्दा २१ जना, डोटी अस्पतालमा अस्पतालमा २६ जनाको नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बझाङ अस्पतालमा ३५ जनाको नमूना परीक्षण गर्दा एक जनामा पनि संक्रमण पुष्टि नभएको बताईएको छ । हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ४८ हजार ३१४ नमूना परीक्षण गर्दा ४२ हजार ९०१ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म प्रदेशभर संक्रमण पुष्टि भएका ३३ हजार २१२ जनाले कोरोना जितेका छन् भने ५५९ जनाको मृत्यु भएको छ ।